लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डिएपी मल खरिदमा एक अर्बभन्दा बढि भ्रष्टाचार,१२ जनामाथि मुद्धा दायर

IMG

तिलोत्तमा सिटी,१८ पौष २०७८। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मल खरिदमा एक अर्बभन्दा बढि भ्रष्टाचार भएको आरोपमा कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक सञ्चालकसहित कर्मचारी र ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।आयोगले कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको हो ।कृषि सामाग्री कम्पनीले खरिद गरेको डीएपी मल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेपछि आयोगले मुद्दा दायर गरेको हो ।

कमेन्ट गर्नुहोस्