लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

७ वर्षपछि राष्ट्रिय टिममा जितेन्द्रको पुनरागमन

IMG

तिलोत्तमा सिटी,माघ २९ गते २०७८। नेपाली राष्ट्रिय क्रिकेट टिममा जितेन्द्रकुमार मुखियाले सात वर्षपछि पुनरागमन गर्दै शनिबार युएईविरुद्ध खेले ।ओमानमा भइरहेको चारदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले युएईविरुद्ध खेल्दा २९ वर्षीय जितेन्द्रले तीन ओभर बलिङ गरे । २५ रन खर्चिएर विकेटविहीन रहे । तर खेल भने नेपालले २५ रनले गुमायो । लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्दा जितेन्द्र निकै खुशी छन् । जितेन्द्रको प्रदर्शन पनि ठीकठाक रह्यो ।


जितेन्द्रको चाहना राष्ट्रिय टिममा रहिरहने छ । ‘कोसिस त यो हुन्छ कि राष्ट्रिय टिमका कन्टिन्यू गरिरहुँ । जितेन्द्रले ओमानबाट ह्वाट्सएप कुराकानीमा भने, ‘नेसनल टिममा राम्रो गरेर म्याचहरु जिताइराखौं भन्ने चाहना छ ।’ सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दुई खेल जित्दा जितेन्द्रको निकै चर्चा भएको थियो । त्यसपछि उनले सन् २०१५ मा एक खेल खेल्न पाए । त्यसपछि भने चोटका कारण उनी राष्ट्रिय टिमबाट टाढिए ।जितेन्द्रले हिम्मत हारेनन्, उपचार गराए, निको भएपछि फेरि क्रिकेटमा फर्किए र अहिले राष्ट्रिय टिममा पुनरागमन गरे ।


कमेन्ट गर्नुहोस्