लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सहिद स्मारक ए डिभिजन लिग फूटबलमा एनआरटी र हिमालयनले अंक बाँडे

IMG

२०७८ फागुन १ ,तिलोत्तमा सिटी। गोलरहित बराबरी खेल्दै न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा अंक बाढेका छन् । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा गोलरहित बराबरी खेल्दै दुवै टोलीेले एक एक अंक बाँडेका हुन् । ह‍िमालयन शेर्पा समान खेलबाट १२ अंकसहित आठाैं स्थानमा छ । जारी लिगमा १० खेलबाट २६ अंक बनाएको मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबभन्दा ६ अंकले अगाडि रहँदै उपाधि नजिक रहेको छ । खेलमा एनआरटीको तुलनामा शेर्पाले आक्रमणमा दबाब बढाएको थियो । तर फिनिसिङमा भने शेर्पा चुक्न पुग्यो । बराबरीसँगै एनआरटी १० खेलमा १४ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । समान अंक भएपछि गोलअन्तरका आधारमा संकटा तल झर्‍याे । 


कमेन्ट गर्नुहोस्