लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ११औँ चरणका खेल सुरु हुँदै

IMG

२०७८ फागुन ३, तिलोत्तमा सिटी। आजदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ११औँ चरणका खेल सुरु हुँदै छन् ।आज दुई वटा खेल हुँदैछन् ।काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दिउँसो एक बजे बिग्रेड ब्वाइज र च्यासल युथ क्लब  खेल्दै छन् । ब्रिगेड १० खेलमा ६ अङ्क जोडेर १३औँ स्थानमा रहेको छ भने समान खेलमा ५ अङ्क जोडेको च्यासल पुछारमा छ ।खेल दिउँसो १ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुनेछ ।आज हुने अर्को खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् । जावलाखेल १० खेलमा ९ अङ्क जोडेर ११औँ स्थानमा छ । समान खेलमा फ्रेन्ड्स ६ अङ्कका साथ १२औँ स्थानमा छ ।   

कमेन्ट गर्नुहोस्