लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

'ए' डिभिजन लिगमा एपीएफले मनाङलाई हरायो

IMG

 २०७८ फागुन ५, तिलोत्तमा सिटी ।  शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलले मनाङ मर्स्याङ्दी क्लबलाई   तीन–एक गोलले हराएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज बिहीवार भएको खेलमा पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एपीएफले दुई गोल गर्‍याे । मनाङका अञ्जन विष्टले गोल गरेर मनाङलाई अग्रता दिलाए पनि क्लब हार्न बाध्य भयो ।  एपीएफका लागि आशिष लामा, मणि लामा र नवीन लामाले गोल गरे। 


कमेन्ट गर्नुहोस्