लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फिलिपिन्सविरुद्धको जितमा नेपालको कीर्तिमान

IMG

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८।  टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ । लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ ।कमजोर देखिएको फिलिपिन्समाथिको विशाल जितमा नेपालले केही कीर्तिमानसमेत बनाएको छ ।


कुशल भुर्तेलद्वारा पारसको कीर्तिमान बराबर

फिलिपिन्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय इनिङ्स खेले । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो नेपाली क्रिकेटर बनेका छन् । यसअघि पूर्वकप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।गत वर्ष नेपालमै भएको त्रिकोणात्मक श्रृङ्खलाबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले सोही प्रतियोगितामा चार अर्धशतक प्रहार गरेका थिए । उनले शतक र अर्धशतकमा पूर्वकप्तान पारसको कीर्तिमान बराबर गरेका हुन् ।कुशलले टी–२० अन्तर्राष्ट्रियको ७ इनिङ्समा ४०२ रन पूरा गरेका छन् । उनी सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा छन् । परास खड्काले ३३ खेलबाट ७९९ रन बनाएका छन् भने ज्ञानेन्द्र मल्लले ३७ खेलमा ७२८ र दीपेन्द्रसिंह ऐरीले ३१ खेलमा ७१३ रन जोडेका छन् ।

कमेन्ट गर्नुहोस्