
तिलोत्तमा सिटी, फाल्गुण ८ गते २०७८। इतिहासमै आइतवार अपरान्ह कास्कीमा भिषण असिनापानी परेसँगै जनजीवन अस्तव्यस्त बन्याे । अचानक कालाे बादल मडारिए सँगै कास्की जिल्लाकाे ग्रामीण क्षेत्र र बजारमा परेकाे असिनापानीले किसानहरूले लगाएका तरकारी खेति लगाएत अन्नबालीमा समेत ठुलाे क्षति पुर्याएकाे छ ।के कति क्षति भयाे यस्काे प्रारम्भिक अनुमान त अाई सकेकाे छैन तर कराेडौँकाे तरकारी नष्ट भएका सहजै अनुमान लगाउन सकिन्छ ।पोखराकाे मालेपाटन कुँडहर लामाचौर हेम्जा बिरौटा काहुँखाेला लगाएत ग्रामिण क्षेत्रका दर्जनौं गाउँहरुमा असिनाले ताण्डव मच्चाएको छ भने तरकारी फलफुललाई ठुलाे क्षति गराएकाे छ ।
पाेखरा बजारकाे पृथ्वीचाेक चिप्लेढुँगा अमरशिँहचाेक बिरौटा सिर्जना चाेक मालेपाटन महेन्द्रपल लगाएतका क्षेत्रमा अावागमनलाई समेत अप्ठ्याराे पार्ने गरि असिना परेकाे छ। अप्रत्यासित रूपमा परेको असिना पानीले लाखौँको तरकारीजन्य बाली नष्ट भएको किसान हरुकाे भनाई छ। एकैचोटी अारीले घोप्टाएझै असिना पानीले बारीमा लगाएको तरकारी,फलफूल र बोटबिरुवा हरुलाई सिख्रै बनाएकाे छ ।करिब एक घण्टासम्म लगातार परेको वर्षाले हिउँदे तरकारी तथा नगदेबालीमा ठूलो क्षति पुर्याएको हाे ।असिना पानीले पाेखराका सडक अवरुद्द भए भने सवारी साधन पनि चलाउन गाह्राे भएकाे हाे । विहानै देखि बिग्रिएकाे मौसमले अपरान्ह असिना पानीकाे भएँकर रुप धारण गरेकाे हाे । असिनापानीका कारण वटुवा समेत बिचल्ली परेका थिए ।
कमेन्ट गर्नुहोस्