लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरू भोलिबाट सुरु हुँदै

IMG

२०७८ फागुन ११,तिलोत्तमा सिटी।  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरू भोलि (बिहीबार)बाट सुरु हुँदै छ । जारी लिगमा १२औँ चरणका खेल मंगलबारबाट समाप्त भएसँगै एन्फाले यसै हप्ताको अन्तिमसम्म शीर्ष डिभिजन लिग सक्काउने गरी तालिका सार्वजनिक गरेको छ।बिहीबारबाट तीनदिनसम्म चल्ने अनि्तम चरण शनिबार समापन हुनेछ । एन्फाले यस चरणका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्दैछ । समापनको खेलबाहेक अन्य ६ खेल दिउँसो १ बजे हुनेछन् । 


पहिलो दिन दुई खेल हुनेछ । एन्फामा ‘ए’ डिभिजन लिगको हैसियत गुमाइसकेको च्यासल युथ क्लब र सातदोबाटो युथ क्लब भिड्दा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा आमुनेसामुने हुनेछन् । शुक्रबार पनि दुई खेल हुनेछ । दुबै खेल १ बजे हुने छन् । जावलाखेल र संकटा क्लब दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दा दोस्रो डिभिजनमा घटुवा भइसकेको ब्रिगेड ब्वाइज क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ । अन्तिम दिन तीन खेल हुने छन् । एन्फामा एनआरटी फुटबल क्लब र नेपाल पुलिस १ बजे खेल्दा सोही समय त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने छन् । 


कमेन्ट गर्नुहोस्