लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शाइन बैंकको १४औं वार्षिकोत्सव सम्पन्न,आर्थिक पत्रकारिता पुरस्कार भुसाललाई

IMG

तिलोत्तमा सिटी, फाल्गुण ११ गते २०७८।शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०७८ पत्रकार यमलाल भुसाललाई प्रदान गरिएको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय बुटवलमा बुधबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष थानेश्वर पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले भुसाललाई संयुक्तरुपमा पुरस्कार प्रदान गरेका हुन् । २८ वर्षदेखि पत्रकारितामा निरन्तर क्रियाशील भुसाल राज्य टेलिभिजन बुटवलका समाचार प्रमुख हुन् ।


यसैबीच बैंकले शाइन आर्थिक पत्रकारिता पुरस्कारका लागि पांच लाख रुपैयांको अक्षयकोष स्थापना गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा बैंकले यसअघि ३ लाख रुपैयाको अक्षयकोषमा २ लाख थप गरेर ५ लाख बनाएको हो । उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई कम्तीमा ५१ हजार रुपैयां राशीको शाइन आर्थिक पत्रकारिता पुरस्कार वितरण गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।


सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रुपन्देहीमा यो नै सबैभन्दा ठूला नगद राशीको पत्रकारिता पुरस्कार भएको उल्लेख गर्दै बैंकले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उल्लेख्य काम गरेको बताए ।वार्षिकोत्सवका अवसरमा बैंकले आईटी विभागका प्रितेश सिंहलाई शाइन इन्नोभेसन अवार्ड, शंकरनगर शाखालाई शहरी क्षेत्रको उत्कृष्ट शाखा र प्युठानको भिङग्री शाखालाई ग्रामीण क्षेत्रको उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरेको छ ।


शाइन रेसुंगा बैंक १४ औं बर्ष प्रवेश

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. १४ औं बर्ष प्रवेश गरेको छ । १४ औं बर्ष प्रवेशका अवसरमा बैंकले बुधवार बुटवलमा कार्यक्रम गरेको छ । कार्यक्रममा बैंकका अध्यक्ष थानेश्वर पौडेलले २०६५ साल फागुन ११ गते तीन जिल्ला कार्यक्षेत्रसहित शुरु भएको बैंकको हाल जारी पँुजी ५ अर्ब र चुक्ता पूँजी ३ अर्व ७८ करोड रहेको बताए । लुम्बिनी प्रदेशका रोल्पा र रुकुम बाहेक १० जिल्लामा ७१ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन कार्यालय, बागमतिको चितवनमा १, काठमाण्डौंमा ५, गण्डकीको पोखरामा १, बाग्लुगंमा १, सुदुरपश्चिमको कैलालीमा २, कन्चनपुरमा १ र कर्णालीको सुर्खेतमा १ सहित कूल ८३ वटा शाखा कार्यालय र ७ वटा एटिएम सञ्चालनमा रहेका उनले जानकारी गराए ।बैंकले पुस मसान्तसम्म ४१ अर्ब १६ करोड निक्षेप संकलन गरी ३७ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको र ५ लाख भन्दा बढी ग्राहकहरु रहेका अध्यक्ष पौडेलले जानकारी गराए । बैंकले २०७८ पौष मसान्त सम्ममा कृषि क्षेत्रमा ७ दशमलव ८५ प्रतिशत, पयर्टन क्षेत्रमा १४ दशमलव ०६ प्रतिशत र लघु, घरेलु तथा साना उद्यम/ब्यवसाय क्षेत्रमा ९दशमलव ८४ प्रतिशत गरी प्राथमिकताप्राप्त क्षेत्रमा कूल कर्जाको ३१दशमलव ७५ प्रतिशत लगानी गरेको पौडेलले जानकारी गराए। 


बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैंकिङलाई केन्द्रमा राखेर लुम्बिनी प्रदेशको आर्थिक विकास र समृद्धिका लागि दरिलो खम्बाको रुपमा प्रदेशको पहिलो रोजाईको बैंक बनाउन अग्रसर रहेको बताए ।गत वर्षदेखि राष्ट्रियस्तरमा स्तरोन्नति भएको बैंकले आगामी दिनमा नेपाल धितोपत्र बोर्डवाट अनुमति लिई मर्चेन्ट बैकिङ्ग सम्बन्धी काम गर्ने सहायक कम्पनी स्थापना गर्ने लक्ष्य लिएको सीईओ पौडेलले बताए ।समाजसंगै बैंक भन्ने अभियान अन्तर्गत बैंकले संस्थागत सामाजिक क्षेत्र अन्तर्गत दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्र, वित्तीय जागरण, दन्त स्वास्थ्य उपचार शिविर लगायतका क्षेत्रहरुमा काम गरेको अध्यक्ष पौडेलले बताए ।बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न चालु आ.व. मा बैंकको शाखा कार्यालयहरु सञ्चालनमा रहेका बिभिन्न जिल्लामा सञ्चालित २६ वटा शैक्षिक संस्थामा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सञ्चालन गरेको र आगामी आर्थिक बर्षमा १४ वटा सरकारी बिद्यालयहरुलाई डिजिटलमैत्री बनाउन डिजिटल बैंकिङ्ग सम्बन्धी साक्षरता अभियान सञ्चालन गर्ने अध्यक्ष पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्