लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक सुरु

IMG

 २०७८ फागुन १५ , तिलोत्तमा सिटी ।  जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।  समितिको बैठक ललितपुरमा सुरु भएको छ। शुक्रबार सुरु भएको बैठकमा विभिन्न १२ एजेन्डामा छलफल भइरहेको नेताहरुले बताएका छन् ।आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय लिइने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।शनिबार पाँच घण्टा लामो चलेको छलफलमा एमसीसीको विषयमा छलफल नै भएको थिएन । आइतबार सत्तारुढ गठबन्धनले एमसीसी सम्झौतालाई केही व्याख्यात्मक घोषणा गरेर संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि जसपाको बैठक बस्न लागेको छ। 


कमेन्ट गर्नुहोस्