
२०७८ फागुन १५ , तिलोत्तमा सिटी । सत्ता गठबन्धनको बैठक सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीबारे छलफल गर्न बैठक केहीबेरअघि सुरु भएको हो ।सत्ता गठबन्धनका नेताहरु एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारीमा छन् । माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।सत्ता गठबन्धनको आजको बैठकमा पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने र सत्ता गठबन्धन पनि जोगाउने विषयमा छलफल हुने नेपाली कांग्रेसका एक नेताले बताए ।
कमेन्ट गर्नुहोस्