लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक ४३ दशमलव १ अङ्कले घट्यो

IMG

 २०७८ फागुन १६ , तिलोत्तमा सिटी ।  शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव १ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव ६० विन्दुमा पुगेको छ । बीमा, जलविद्युत्, व्यापार, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २७ कम्पनीका ७८ लाख ३४ हजार कित्ता शेयर तीन अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँको शेयर किनबेच भयो । आज तेह्रथुम पावर कम्पनी र साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । 

कमेन्ट गर्नुहोस्