
तिलोत्तमा सिटी, फाल्गुण २० गते २०७८।ग्लोबल सञ्चार गृहद्वारा संचालित ग्लोबल आवाज अनलाइनले आयोजना गरेको दोस्रो टेन स्टिल्स मिडिया कप फुटसल प्रतियोगिताको उपाधि बुटवलले टुडेले जितेको छ । शुक्रबार तिलोत्तमा स्थित सनराइज फुटसलमा भएको खेलमा गत वर्षको विजेता बुद्ध सामुदायिक टेलिभिजनलाई पेनाल्टीमा १–० गोल अन्तरले पराजित गर्दै जिते हात पारेको हो । निर्धारित समयमा दुबै टिमले ३–३ गोल गरेका थिए ।
जितसँगै बुटवल टुडेले नगद २५ हजार नगद, मेडल र प्रमाणपत्र हात पारेको छ भने पहिलो मिडिया कपको विजेता बुद्ध सामुदायिक टेलिभिजनले नगद १५ हजार, मेडल र प्रमाणपत्रमा चित बुझाएको छ ।यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकर्ता बुद्ध टेलिभिजनका रोहित चौधरी भएका छन् । उत्कृष्ट फरवाड रेडियो लुम्बिनी तथा तिलोत्तमा सिटीका मोहन न्यौपाने, उत्कृष्ट खेलाडी दैनिक लुम्बिनीका दिपक न्यौपाने, अनुशासित खेलाडि राज्य टेलिभिजनका विष्णु भुसाल,उत्कृष्ट गोलरक्षक बुद्ध टेलिभिजनका रोहित चौधरी र सर्वाधिक गोलकर्ता बुटवल टुडेका सुसान्त मगर भए ।
प्रतियोगितामा संचारिका समूह रुपन्देही र क्रियाशिल महिला पत्रकार रुपन्देहीका बीच प्रतिस्पर्धा भएको थियो । मैत्रीपूर्ण खेलमा दुवै समूहले कुनै पनि गोल गर्न सकेका सकेन् । यस्तै उत्कृष्ट खेल पत्रकारिता पुस्कार बुटवल टुडेको स्वतिक श्रेष्ठले पाएका छन् ।प्रतियोगिताका विजयीलाई नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, ग्लोबल संचारगृहका संचालक गौतम भूसाल, निर्देशक सृष्टि अधिकारी भुसाल, सम्पादक एन.बी. कंडेल, निर्णायक समितिका संयोजक यमलाल भुसाल, प्रतियोगिता संयोजक डि.बि. सुस्लिङ लगायतले पुस्कार प्रदान गरेका थिए ।
मिडिया कप फुटसलको तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले गरेको थिए । फुटसलको उद्घाटन गर्दै मेयर घिमिरेले स्वास्थ्यका लागि पनि खेलकूद आवश्यक रहेकाले संचारकर्मीहरुका बिच समय समयमा खेल पनि आवश्यक रहेको बताए । साथै उनले संचारकर्मीहरुलाई आवश्यक पर्ने सहयोग गर्न आफू तयार रहेको बताए । कार्यक्रममा बोल्दै ग्लोबल आवाजका प्रबन्ध सम्पादक गौतम भूसालले प्रतियोगिता कसले जित्ने भन्दा पनि संचारकर्मीहरु बीच आपसी सद्रभावसँगै मनोरञ्न गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रतियोगितामा आयोजक ग्लोबल आवाज अनलाइन, राज्य टेलिभिजन, रेडियो लुम्बिनी, रेडियो जागरण, रेडियो खस्यौली, लुम्बिनी टेलिभिजन, बुद्ध सामुदायिक टेलिभिजन, दैनिक पत्र दैनिक, खबर पात्रो, बुटवल टुडे, दैनिक, लुम्बिनी दैनिकको सहभागिता रहेको थियो । समता टेलिभिजन र रेडियो मलमलाले प्रतियोगितामा सहभागि हुनका लागि नाम दर्ता गरे पनि प्रतियोगितामा सहभागि भएका थिएन् ।प्रतियोगितको मुख्य प्रायोजक टेन स्टिल्स, सह–प्रायोजक हाई लाइफ, शाइन रेसुङ्गा बैकं अफिसियल बैकं, राज्य टेलिभिजन, टेलिभिजन पार्टनर र बुटवल टुडे न्यूज पेपर पार्टनरको रुपमा रहेका थिए । प्रतियोगिताको राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रसारण समेत भएको थियो ।
कमेन्ट गर्नुहोस्