
२०७८ फागुन २२ , तिलोत्तमा सिटी । नेपाल पत्रकार महासंघले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा पत्रकारबीच पहिलो ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र विभिन्न संगठनमा आवद्ध पत्रकारका लागि एकआपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास महासंघको छ ।
चैतको दोस्रो साता हुने फुटसल प्रतियोगितामा १५ भन्दा बढी टिमका १५० भन्दा बढी पत्रकारले सहभागिता जनाउने महासंघले अपेक्षा गरेको छ । यसले प्रतियोगितामा भाग लिने पत्रकारमात्र नभई दर्शकका रूपमा उपस्थित हुने अन्य सयौं पत्रकारलाई पनि अन्तरक्रिया र संवादको अवसर दिने महासंघको विश्वास रहेको महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासंघको स्थापना दिवस १६ चैतमा पर्छ ।
कमेन्ट गर्नुहोस्