
२०७८ फागुन २४ , तिलोत्तमा सिटी । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।नेपालले थाइल्यान्डसँग २४ मार्चमा खेल्ने छ । नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । खेल २७ मार्चमा हुनेछ ।एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो ।
कमेन्ट गर्नुहोस्