
२०७८ फागुन २५ , तिलोत्तमा सिटी । थाइल्याण्डको राष्ट्रिय टोलीसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ जना खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् ।नेपालले थाइल्याण्डको चोङबुरीमा थाई राष्ट्रिय टोलीसँग चैत १० गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । चैत १३ गते थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोङबुरी एफसीसँग अर्को मैत्रीपूर्ण खेल खेल्दैछ ।नेपालले आगामी जुन महिनामा हुने एएफसी कप छनोट तेस्रो चरणको तयारी गरिरहेको छ । छनोट प्रतियोगिताको समूह ए मा नेपालले जोर्डन, कुवेत र इण्डोनेसियासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
नेपाली टिममा किरणकुमार लिम्बु, टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुश घलान, अनन्त तामाङ, अन्जन विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, एरिक विष्ट, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपर्कोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द र जगजीत श्रेष्ठ रहनेछन् ।
कमेन्ट गर्नुहोस्