लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, ढुक्क हुनुस्’

IMG

चैत्र ३ गते २०७८,तिलोत्तमा सिटी। सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच बिहीबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् ।बालुवाटारमा भएको भेटमा नेताहरूले चुनाव नहुने हल्लाबारे चासो राखेका थिए । ‘हामी पूरै तागत लगाएर गइसक्यौं, तर बीचबीचमा निर्वाचन हुँदैन भन्ने हल्ला चलिराख्छ भन्दा प्रधानमन्त्रीजीले बढो सहज ढंगले चुनावको दिन भोट हाल्ने दिन पनि भइराख्छ । नेपाल यस्तै हो भन्नुभयो, ‘ बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भनेका छन् ।स्थानीय तहको निर्वाचन तोकिएकै मिति ३० वैशाखमै हुने उनले बताए । उनले भने, ‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, त्यसमा कुनै कन्फ्युन नराख्न आग्रह गर्छु ।’ 

कमेन्ट गर्नुहोस्