
चैत्र ५ गते २०७८,तिलोत्तमा सिटी। सञ्चारिका समूह लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अमृता अनमोललाई अध्यक्षमा निर्वाचित गरेको छ ।बुटवलमा आज अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिव मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषा किरण पन्त चयन भएका छन् । यस्तै सदस्यहरूमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत चयन भएका छन्।
यसअघि आजै समूहको साधारण सभा उद्घाटन कार्यक्रममा ५ जना अगुवा महिलालाई सम्मानित गरेको छ । जसमा रासस दाङका संवाददाता नारायणी रजौरेलाई सङ्घर्षशील पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत गरेको छ । यस्तै कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीलाई सङ्घर्षशील महिला नेताका रूपमा सम्मानित गरेको छ । यस्तै रुपन्देहीका उद्यमी रचना पन्त, सावित्रा टण्डन र मन्जु ज्ञवाली भुसाललाई सङ्घर्षशील महिला उद्यमीका रूपमा सम्मानित गरेको हो ।
कमेन्ट गर्नुहोस्