
२०७८ चैत ६, तिलोत्तमा सिटी । सत्तारुढ दल नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ सदस्य मनोनित भएका छन् । सभापति इन्द्रबहादुर बानियाँ रहनुभएको उक्त कार्यसमितिको विधानको धारा १३ (६) को झ बमोजिम निमा लामा (सिन्धुपाल्चोक), कृष्णलाल भँडेल (भक्तपुर), सन्तबहादुर प्रजा (मकवानपुर), प्रभात तामाङ (रसुवा), कल्पना नेपाली (नुवाकोट), तिलकप्रसाद रुवाली (धादिङ), छिरिङ दोर्जे लामा (काठमाडौं), अर्जुन न्यौपाने (नुवाकोट), कैलाश कोइराला (चितवन), राजु खरेल (काठमाडौं), गौरी दवाडी (काठमाडौं), रमेशकुमार बखती (ललितपुर), हरिहर अधिकारी (काठमाडौं), राजेश महर्जन (ललितपुर), प्रभुराम श्रेष्ठ (दोलखा), भगवतीकुमारी खड्का (काठमाडौं) लाई बाग्मती प्रदेश कार्यसमितिको सदस्यमा मनोनयन गरिएको हो।काँग्रेस बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले आइतबार प्रेस विज्ञप्तिमार्फत सो कुराको जानकारी दिनुभएको हो।
कमेन्ट गर्नुहोस्