लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्राे बैठक सुरु

IMG

२०७८ चैत ९ , तिलोत्तमा सिटी ।  नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्राे बैठक सुरु भएको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन सम्बन्धमा बैठकको छलफल केन्द्रित रहने केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने विभिन्न भूगोल पार्टी अध्यक्षले लिखितरुपमा रिपोर्ट पेश गर्नुहुनेछ। विभिन्न विभाग, केन्द्रीय निकाय र आयोगको रिपोर्ट महासचिवले प्रस्तुत गर्नुहुनेछ ।निर्वाचन, राजनीतिक प्रतिवेदन लगायतका विषयमा छलफल हुनेछ , बैठक भोलि बिहीबारसम्म चल्ने उहाँले भन्नुभयो । एमालेको यसअघि बसेको पोलिट्ब्युरो बैठकले स्थानीय तहका उम्मेदवारको मापदण्ड तय गरेको थियो । पार्टीको स्थापना दिवसको अवसरमा निर्वाचनको घोषणापत्र जारी गर्ने एमालेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्