लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली राजनीतिमा ‘यु टर्न’को संकेत, ओली,नेपाल,प्रचन्ड गोलबद्ध हुनसक्ने

IMG

चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी।  नेपाली राजनीतिमा अर्को ‘यु टर्न’का संकेतहरु देखापर्न थालेको छ । सत्ता गठबन्धन चुनावमा मिलेर जाने चर्चा चलिरहँदा कम्युनिस्टहरु चुनावमा तालमेलको तयारीमा भित्रभित्र लागेका छन् । मुख्य कम्युनिस्ट दलहरुको दोस्रो र तेस्रो तहका नेताहरुले सहमतिको प्रयास गरिरहँदा शिर्ष नेताहरुबीच नै कुराकानी हुन थालेको छ ।


माओवादी अध्यक्ष प्रचण्डले १७ चैत्रमा सत्ता गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जाने वाध्यात्मक अवस्था आउनसक्ने बताएका थिए । आफ्ना दलका नेताहरु एमाले नेताहरुसँग भित्र भित्र वार्ता गरिरहेको उल्लेख गर्दै आफू दबाबमा परिसकेको खुलाएका थिए । यसलाई प्रचण्डको बार्गेनिङको रुपमा हेरिएको थियो । तर, प्रचण्डले खुलासा गरेको भोलिपल्टै नयाँ खुलासा भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं प्रचण्डसँग संवाद गर्न थालेका छन् । दुई नेताहरुबीच टेलिफोन र विश्वास पात्रहरु मार्फत् छलफल अगाडि बढेको हो । यी छलफलहरु चुनावी तालमेलमा केन्द्रित रहेको बुझिएको छ ।


प्रचण्डसँग मात्र नभई ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि टेलिफोन संवाद गरेको खुलेको छ । ओलीले माधव नेपाललाई मिलेर जान प्रस्ताव गरेको बुझिएको छ । ओलीले आफू लचिलो हुने सम्मको प्रस्ताव गरेको खुलेको छ ।


चुनावमा काँग्रेससँग माओवादी र नेकपा एसले तालमेल गर्न लागेपछि ओलीले नयाँ अस्त्र फालेका हुन् । स्थानीय निकायको चुनाव नजिकिदै गर्दा ओलीले लचिलो भएर प्रचण्ड र माधव नेपालसँग सहमति निकाल्न खोजेका हुन् । यसले राजनीतिमा नयाँ तरंग ल्याउने देखिएको छ ।यसअघि कम्युनिस्टहरु मिलाउन ठूलो शक्ति लागेको खुलासाहरु भएका थिए । विशेषगरी चीन ओली र प्रचण्डलाई मिलाउन लागेको विषयहरु बाहिर आएका थिए । चिनियाँ विदेशमन्त्री वाङ ईले नेपाल भ्रमण गर्दा ओली र प्रचण्डलाई होटल मेरियटमा पालैपालो भेटेका थिए । एउटै होटलमा दुई नेतालाई आलोपालो भेटेपछि निकै चासो भएको थियो । 

कमेन्ट गर्नुहोस्