लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकीकृत समाजवादीको घोषणापत्र : नेपाली रक्सीको ब्रान्डिङदेखि मासिक २ सय युनिट बिजुली निशुल्कसम्म

IMG

तिलोत्तमा सिटी, २०७८ बैशाख ६ गते । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ ।  समाजवादीले  स्थानीय तह निर्वाचनमा जनतासामु ३७ प्रतिबद्धता लिएर जाने भएको हो  । राजधानीको प्रज्ञा भवनमा आयोजित नेकपा (गौरवशाली) पार्टीसँगको एकता कार्यक्रममा राष्ट्रिय घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गर्न सकिने कामहरु मात्रै अघि सारेको बताएका छन्। हरेक स्थानीय तहमा घोषणापत्र सार्वजनिक गर्नका लागि यसले मुल नीतिबारे प्रष्ट पार्नका लागि घोषणापत्र सार्वजनिक गरिएको उनले बताए । घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ। एमालेसँग गरेको विद्रोह किन भयो? भन्नेबारे घोषणापत्रमा समावेश गरिएको छ । ‘मुल महत्व विद्रोह किन गर्यौं भन्ने राखेका छौं। विगतमा स्थानीय तहमा गरेका कामहरूलाई पनि राखेका छौं’ एकीकृत समाजवादीले भनेको छ।


यस्ता छन् नेकपा घोषणापत्रका मुख्य बुँदा

–पुष्पलाल लोकमार्गको सुरुवात

–काठमाडौं–नीजगढ द्रुत मार्गको सुरुवात

–स्थानीय तहमा महिला र दलितको उपस्थिति 

–नेपालमा सुरुङमार्गको सुरुवात

–जनता आवास कार्यक्रमको सुरुवात

–विद्यालय र बालबालिका शान्ति क्षेत्रको घोषणा

–निशुल्क खानेपानी, सुखी जिन्दगानीको नारा

–प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने

–किसानको लगानी सुनिश्चितता गर्ने कार्यक्रम अघि सारेको

–हरेक पालिकामा महिला, युवा र श्रमिक विभाग हुने

–हरेक पालिकामा पुस्तकालय बनाउने

–प्रत्येक घर घरमा एक वर्षभित्र रिपोर्ट कार्ड बाँडिने

–भ्रष्टाचार निर्मुल पार्ने

–घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ


कमेन्ट गर्नुहोस्