
तिलोत्तमा सिटी,बैशाख १० गते २०७९। तिलोत्तमा २ निवासी मन्जु भुसाल तिलोत्तमा भरिको उद्धम योजना तथा लगानी प्रस्तुतिबात सर्वोत्कृस्ट बनेकी छन्। १ सय २५ जना उद्यमीहरुबाट उत्कृष्ट बन्दै स्थान प्राप्त गर्दै नवदुर्गा फुड ईण्डष्ट्रिजका सञ्चालक भुषाल १ लाख नगद रुपैयाँ सहित पुरस्कृत हुनुभएको हो। दायित्व परियोजना तथा तिलोत्तमा नगरपालिकाको नगरप्रमुख दायित्व ग्रामिण उद्धम द्रुतिकरण कार्यक्रम (रिप) अन्तर्गत उनि १ सय २५ उद्धमिमा सर्वोत्कृस्ट बनेकी हुन्। तिलोत्तमाको टुलिप होटलमा संचालन भएको सो ग्राण्ड फिनालेमा राम्रो ब्यबसाय प्रबर्धन र बजारीकरण तथा स्वरोजगार एबम बेरोजगार ब्यबस्थापनका मापदण्ड भित्र रही महिला ब्यबसायी भुसाल सर्वोत्कृस्ट बनेकी हुन्।
आज सम्पन्न सो फिनालेमा हालसम्म छनौट भएका १२ सहभागीले आफ्नो लगानी योजना , ब्यबसाय स्थिति, बजारीकरण, रोजगार सृजना, बस्तु उत्पादन व्यस्थापन, ग्राहक ग्र्याबिंगको आधारमा एक उद्धमी सर्वोत्कृस्ट छानिएको थियो। दायित्वको आयोजनामा शनिवार भएको अन्तिम प्रतिष्पर्धामा निर्णयकको निर्णय, उद्यमीको प्रस्तुती,भोट तथा कार्ययोजना तथा संघर्ष लगायतका विषयबस्तुबाट उहा उत्कृष्ट बनेर पुरस्कार पाउनुभयो ।
तिलोत्तमा नगरपालिकामा जारी दायित्व परियोजनाको ‘नगर प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतीकरण कार्यक्रम’ ले उद्यमी छनोट गरेको लुम्बिनी प्रदेश संयोजक कमल थापाले बताउनुभयो ।
उद्धमी भुसालले ड्राई चाउमिन, सफ्ट चाउमीनको साथै चिकेन, भेज फ्रोजन मःम समेत उत्पादन गर्दै आउनुभएको छ । उहाँ आफै उद्योगी र मजदुरको रुपमा काम गर्दै आउनुभएको छ । उहाले सुरुवात गरेको उद्योग महिलाहरुको लागि समेत नमुना उद्योग हो । दायित्व परियोजना प्रदेश संयोजक कमल थापाका अनुसार १ सय २५ जना बाट १० जना उत्कृष्ठ उद्यमी छनौट गरिएको थियो । जसको प्रस्तुतीकरण, कार्ययोजना सहित भावि उदेश्य, हाल गर्दै आएको कार्य बारेमा आ आफ्नो प्रस्तुती दिएका थिए । सोही अनुसार विषय विशेषज्ञको मुल्यांकनबाट भुषाल उत्कृष्ट चयन हुनुभयो । उहासंगै उत्कृष्ट दशजनामा कर्णमाया पुन, चक्र बहादुर खत्री, कमला कुवर केसी, गणेश पोखरेल, गुरु प्रसाद पंगेनी, दिलिप कुमार पुन, केशरी तरामु मगर, सुमित्रा थापा दगामी, कर्ण बहादुर विक छनौटमा परेका थिए ।
उत्कृष्ट सहित उत्कृष्ठ १०मा पर्न सफल भएका उद्यमीहरुलाई नगरपालिका प्रमुख बासुदेव घिमिरे सहितका अतिथिहरुले पुरस्कार प्रदान गर्नुभयो । पुरष्कार प्रदान गर्दै नगरप्रमुख घिमिरेले उद्धमीको सहजताका लागि ल्याइएको यो परियोजनाले तिलोत्तमका युवा उद्धमीहरुमा छुट्टै पहिचान र जोस जाँगर ल्याएकोमा खुसि ब्यक्त गर्नुभयो। उहाले यस स्थानिय लगानीसंगै स्थानिय ब्यबसायको प्रबर्धनमा सम्मिलित सबैलाई धन्यबाद समेत ज्ञापन गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, तिलोत्तमा वडा १४ का अध्यक्ष सोहन प्रसाद थारु, कृषि विकास बैंक बरिष्ठ अधिकृत प्रमुख उषा राना, सामुहिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवाली, न्यु ईन्भाईरमेन्ट स्कुलका प्राचार्य मधुप्रकाश ज्ञवाली लगायतले उद्यमी छनौटले सबैमा हौसला थपेको बताउनुभयो ।नेपाल बैंक लिमिटेड प्रदेश कार्यालय बुटवलका प्रमुख लेखनाथ भुषाल, कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, सेटिनका प्रशिक्षण डम्बर पुन, तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुषाल, एआईविआई सिनियर प्रोग्राम अफिसर मुकुन्द ज्ञवाली लागयतले निर्णयकको भुमिका निर्वाह गर्नुभएको थियो । दायित्वले हरेक बर्ष १ जना उद्यमीलाइ नगद १ लाख सहित पुरस्कृत गर्ने गरेको छ ।
कमेन्ट गर्नुहोस्