
तिलोत्तमा सिटी न्युज, जेष्ठ २० गते २०७९। जनप्रतिनिधि आएको एक हप्ता नबित्दै तिलोत्तमाका जनप्रतिनिधि नगरको सुन्दरता तर्फ ध्यान दिन थालेका छन्। नगर भित्रका ढलेका र भाँचिएको बिजुलीका पोल, सडकका साइडमा ढलेका डिभाइडर संगै सर्भिस लेनका नाली ब्यबस्थापन गरेका छन्। नगरप्रमुख रामकृष्ण खाँणको अगुवाइमा नगर भित्रका मणिग्राम, ड्राइभरटोल, शंकरनगर, मंगलापुर तथा त्यस तलका क्षेत्रहरुमा छरिएर ढलेर रहेका सडक किनारका पोल, रेलिङ्ग तथा डिभाइडरको ब्यबस्थापन गरिएको हो। नगरप्रहरीको सक्रियतामा ब्यबस्थापनको सो कार्य गरिएको नगरप्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठले बताए।
त्यसो त तिलोत्तमाका वडाहरुले समेत आफ्नो वडा भित्रका त्यसखालका ब्यबस्थापनमा चासो देखाएका छन्। तिलोत्तमा वडा नम्बर-५ का सदस्य डायमण्ड गिरी हिराका अनुसार तिलोत्तमाको मणिग्राम क्षेत्रको नयांमिल देखि सिक्सलेन सडक पुर्व पश्चिममा रहेको नाली ब्यबस्थापनको काम निरन्तर भैरहेको बताएका छन्। अब बर्खाको समय आउन लागेकाले बिगतमा डुबान भएको मणिग्रामको उचित ब्यबस्थापन गर्न लागिपरेका छौ - उनले भने। निरन्तर रुपमा डोजरको प्रयोगले नालीमा भएको फोहोर बाहिर निकाली सफा माटो खाल्डा खुल्डी सडकमा र फोहोरलाई डम्पिङ्ग साइडमा उचित ब्यबस्थापन गरिएको वडा सदस्य डायमण्ड गिरिले बताए।
कमेन्ट गर्नुहोस्