लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा सिटीको एक हप्ते पत्रकारिता तालिम सम्पन्न

IMG

तिलोत्तमा सिटी न्युज, असार १७ गते २०७९। लुम्बिनी फ्रीडम मिडिया प्राली तिलोत्तमा-५ नयामिलद्वारा संचालित तिलोत्तमा सिटीको आयोजनामा १ हप्ते रेडियो उद्घोषण , टेलिभिजन , पत्रकारिता तथा आमसंचार बिषयको तालिम नयामिलमा सम्पन्न भएको छ। संस्थाका संचालक शिव सुबेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सदस्य प्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिममा जम्मा १८ जना प्रशिक्षार्थिले पत्रकारिता सम्बन्धि तालिम लिएका थिए। 


सो अवसरमा बोल्दै प्रशिक्षक तथा तिलोत्तमा सिटीका सम्पादक मोहन न्यौपानेले तालिमलाई भरपुर सदुपयोग गरि ब्यबहारिक् रुपमा अगाडी बढ्न तालिममा सहभागी सबैलाई शुभकामना ब्यक्त गर्नुभयो। त्यस्तै प्रमुख अतिथि प्रकाश पाण्डेले पत्रकारिता जिम्मेबार पेशा भएकाले बुझेर र स्रोत खोजेर मात्र सहि तथ्य सुचाना प्रेसित गर्न र प्रशिक्षार्थिले तालिममा सिकेको कुरा ब्यबहारमा उतार्न सकेमात्र तालिम र सिपको सम्मान हुने बताउनुभयो। त्यस्तै कार्यक्रममा संचालक शिव सुबेदीले तालिमबाट अवसरको खोजीमा रहेका पत्रकारितामा चाहना राख्नेको लागि मिडियाको ढोका खुल्लै रहेको बताउनुभयो। कार्यक्रममा संचालक सुरज पन्थको स्वागत रहेको थियो। 


तालिममा सहभागी हरुले तालिम उत्कृस्ट भएको र आफुहरु ढुक्क संग बोल्न सक्ने भएको कुरा ब्यक्त गरेका थिए। तालिम बैशाख ११ गतेदेखि संचालन भएको थियो भने तालिममा उद्घोषण , रेडियो , टिभि , पत्रिका, अनलाईन समाचार सम्बन्धि सबै तालिम यस क्षेत्रका दिग्गज तथा अनुभवी संचारकर्मीहरुबाट भएको तिलोत्तमा सिटीका ब्यबस्थापक मनोज न्यौपानेले बताउनुभयो। संस्थाले आगामी तालिम साउन १० गतेबाट दिने समेत ब्यबस्थापक न्यौपानेले बताउनुभयो।



कमेन्ट गर्नुहोस्