लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मोटरसाइकल चोरी गर्ने गिरोहका १२ जनालाई दाङबाट पक्राउ

IMG

तिलोत्तमा सिटी न्युज, असार १९  गते २०७९।रुपन्देहीका बुटवल तथा विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने गिरोहका १२ जनालाई दाङबाट पक्राउ गरी बुटवल ल्याइएको छ । यहाँका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी दाङका विभिन्न ठाउँमा लगेर अवैध कारोबार गर्ने उनीहरुलाई वडा प्रहरी कार्यालय बुटवल रामनगरबाट गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा पक्राउ गरेको थियो ।





पक्राउ परेका दाङ गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षकै विक्रम बस्नेत, १६ वर्षीय रतन बस्नेत, १६ वर्षकै नसिब अहमद, १५ वर्षीय वरुण कुमाल, १९ वर्षीय अनिल सिंह ठकुरी, १९ वर्षकै लक्ष्मण बिस्ट र लमही नगरपालिका ५ का १९ वर्षीय बसीयम सिंह ठकुरी र अन्य ३ जना रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा राख्न आज म्याद थपको तयारी भएको वडा प्रहरी कार्यालय बुटवल रामनगरले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ९ वटा मोटरसाइकल तथा एउटा हेलमेट पक्राउ गरेको थियो । उनीहरूले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई विभिन्न गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्