लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जापानमा शक्तिशाली समुद्री आँधी, ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह

tillotmacitynews - 2022 Sep 18 09:50 PM
IMG

तिलोत्तमा सिटी , २०७९ असोज २  जापानमा अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी टाइफुन नान्मादोल दक्षिणी टापु क्युशुमा बज्रिएको छ । याे आँधी प्रतिघण्टा एक सय ८० किलोमिटरको गतिमा अघि बढिरहेको बीबीसीले जनाएको छ ।


आँधीका कारण केही क्षेत्रमा आज ठूलो पानी पर्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने भएकोले कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका बीबीसीले जनाएको छ । जापानको जलवायु निकायले नान्मादोलका कारण तटीय क्षेत्रमा मुसलधारे वर्षा र आँधीबेहरी आउने जनाएको छ । हावाको गति निकै शक्तिशाली हुँदा घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको जलवायु निकायको भनाइ छ ।


जापानको जलवायु निकायका एक अधिकारीले यो आँधी सन् २०१८ मा आएको जेबी र सन् २०१९ को हगिबिस आँधीभन्दा खराब हुनसक्ने बताएका छन् । समुद्री आँधीसँग जुध्न जापानमा राम्रोसँग तयारी गर्ने गरिन्छ । तर जलवायु परिवर्तनले यस्ता विपद्हरू ठूला र थप विध्वंशकारी बनाइरहेको वैज्ञानिकहरूले बताएका छन् । 


कमेन्ट गर्नुहोस्