
तिलोत्तमा सिटी , २०७९ असोज ८। रुपन्देहीको तिलोत्तमा-१३ सुपाैलिमा जारी स्व. खबिर पुन र स्व. प्यारि पुनको स्मृतिमा आयोजित प्रथम समपुर्ण नकआउट फुटबल प्रतियोगिताको आज भएको खेलमा न्यु सिर्जना युवा क्लब कराैजिया बिजयी भएको छ। न्यु सिर्जना युवा क्लब कराैजियाले फर्साटिकर युवा क्लब,फर्साटिकरलाइ खेल बराबरी भएपछी भएको पेनाल्टी शुट आउटमा ४ का बिरुद्ध ५गोल गर्दै बिजयी यात्रा सुरक्षित गरेको हो। यस अघिका निर्धारित समयमा दुबै टिमले २-२ गोलका बराबरी खेलेका थिए।आज भएको रोमाञ्चक खेलमा म्यान.अफ. द. म्याच न्यु सृर्जना युवा क्लबका बिष्णु पल्लि मगर चुनिएका छन।
प्रतियोगितामा रुपन्देही र आसपासका जिल्लाका गरि १४ टिम ले सहभागिता जनाएका छन् भने खेल आइफाबको नियम अनुसार खेलाइने छ। प्रतियोगितामा बिजेताले ५० हजार नगद सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद ३० हजार सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ। साथै खेलको हरेक दिन म्यान अफ द म्याच र फ़ाइनलमा विभिन्न ५ विधामा उत्कृस्ट खेलाडी घोषणा गरिने प्रचारप्रसार संयोजक रवि अर्यालले बताउनुभयो। तालिका अनुसार भोलिको खेल आयोजक समपूर्ण युवा क्लब सुपौली र दल्का युवा क्लब, भलवारी बीच हुने आयोजकले बताएको छ।
कमेन्ट गर्नुहोस्