लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही २ मा चुलियो सत्ता गठबन्धनको चुनावी सरगर्मी

IMG

तिलोत्तमा, २०७९ साल १६ कार्तिक। रुपन्देहीको क्षेत्र नं. २ मा नेपाली काँग्रेस सहितको सत्ता गठबन्धनमा चुनावी सरगर्मी बढेको छ । पछिल्लो समय राष्ट्रिय जनमुक्ति पार्टी पनि सत्ता गठबन्धनमा जोडिएपछि सत्ता गठबन्धनका नेता कार्यकर्तामा उत्साह थपिएको छ।रुपन्देहीको क्षेत्र नं. २ मा प्रतिनीधि सभामा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार केशवबहादुर थापालाई समर्थन गरेपछि राष्ट्रिय जनमुक्तिले बाँकी क्षेत्रमा भएका आफ्ना उम्मेद्वारलाई निश्कृय बनाएर सत्ता गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउने गरी चुनावी प्रचारप्रसारमा खटिएको छ ।


यसले सत्ता गठबन्धनका उम्मेदवार तथा नेता कार्यकर्तालाई समेत उत्साहित बनाएको नेपाली काँग्रेस क्षेत्र नं. २ (क)का सभापति खड्गबहादुर महत बताउनु हुन्छ ।रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनीधि सभामा राष्ट्रिय जनमुक्तिका केन्द्रीय कार्यकारी अध्यक्ष केवशबहादुर थापा तथा प्रदेश सभा सदस्य पदमा (क) बाट नेपाली काँग्रेसका युवा नेता महासमिति सदस्य दीर्घबहादुर केसी र (ख) बाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य बामदेव क्षेत्री उम्मेद्वार हुनुहुन्छ । सोही अनुसार सत्ता गठबन्धनले चुनावी प्रचार प्रसारका काम तिब्र रुपमा अगाडि बढाएको छ ।


रुपन्देही क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा क्षेत्र नं. २ (क) का उम्मेद्वार दीर्घबहादुर (कुमार) केसीको पक्षमा जीत सुनिश्चित गराउने गरी चुनावी प्रचार प्रसारको काम अगाडि बढाईएको उहाँले बताउनु भयो । गठवन्धनमा रहेका दलका नेता कार्यकर्तामा देखिएको उत्साह, सामाजिक क्षेत्रमा गरेको योगदान र मतदाताबाट प्राप्त भएको सुभेच्छा तथा आशिर्वादका कारण आफ्नो विजयलाई सुनिश्चित बनाएको प्रदेश सभा सदस्य पदका उम्मेद्वार दीर्घबहादुर (कुमार) केसीले बताउनु भयो ।कुलप्रसाद लामिछानेको संयोजकत्वमा गठित प्रतिवद्धता तयारी उपसमितिले उम्मेदवारहरुले जनताका सामु प्रस्तुत गर्ने प्रतिवद्धता पत्र तयारी पनि अन्तिम चरणमा पुगेको र छिटै सार्वजनिक गर्ने तयारीमा रहेको सभापति महतले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्