
तिलोत्तमा, २०७९ कार्तिक २३ गते। क्रिकेट शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले बुधबारदेखि रुपन्देहीमा जुनियर स्टार क्रिकेट लिग २०७९ गर्ने भएका छन । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको शक्ती गौचनले बताए । देवदहस्थित क्रिकेट मैदानमा हुने कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा ६ टिमले प्रतिस्प्रर्धा गर्ने उनले बताए । रुपन्देही क्रिकेट खेलको उवर्भरभुमी भएको दाबी गर्दै उनले लामोसमयको तयारी गरि खेलाडी छनौट पुरा गरि टिम तयार गरेको बताए । मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको पुरस्कार तथा स्थानिय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको उनले बताए । स्थानिय पालिकाहरुबाट प्रत्येक टिमको २० खेलाडीहरु छनौट गरेको उनले बताए ।
४० ओभरको खेलमा खेलाडीहरु आपफ्नो ब्याटिङ र बलिङको प्रर्दशन गर्ने राम्रो अवसर पाउने उनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल,प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बिचमा खेल हुनेछन । बुधबार उद्घाटन खेलमा देवदह ड्रागन र जिबिआईसिए सैनामैना खेल्ने छन । प्रतियोगिताको अनुमानित खर्च ५ लाख रुपैया रहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्