
तिलोत्तमा, २०७९ मङ्सिर ११ गते ।अफगानिस्तानमा सरकार चलाइरहेको तालिवानले १४ जनालाई गोली हानेर हत्या गरेको छ।लोगर प्रान्तको एक फुटबल रंगशालामा हजारौं मानिसका बीच तालिवानले उनीहरुको हत्या गरेका हुन् । भ्रष्टाचार, व्यभिचार र डकैती गरेको आरोपमा तालिवानले २ महिलासहित १४ जनाको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।मारिनेमा १२ जना सुरक्षाकर्मी र २ जना सर्वसाधारण नागरिक हुन् । तालिवानले यसरी हत्या गरेको यस महिनामा यो दोस्रो घटना हो ।
कमेन्ट गर्नुहोस्