लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कालिका सहकारीको अध्यक्षमा प्रकाश गौतम सर्बसम्मत

IMG

तिलोत्तमा,२०७९ पौष १ गते । कालिका कृषि सहकारी संस्था तिलोत्तमा ११ को ८ औ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशन आज सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष दिपक उप्रतीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी गजमेरको स्वागत तथा सचिव प्रकाश गौतमको सन्चालनमा कार्यक्रम सम्पनन भएको हो ।कायक्र्रममा बोल्दै तिलोत्तमा ११ का सदस्य तथा कार्यपालीका सदस्य राधा शाहीले गाउं गांउमा स्थापना गरिएका सहकारीले आम नागरिको आर्थिक अबस्था उकास्न सहयोग गर्ने बताउनु भयो । उहाँले कृषिको माध्यम बाट आर्थिक उर्पाजन गर्न सकिने भन्दै गाउ बाटै बिकाशको यात्रा शुरु हुने बताउनु भयो । कालिका टोल बिकाश संस्थाका अध्यक्ष अर्जुन प्र शर्मा , संस्थाका सल्लाहकार ,रित ब गुरुङ्ग , लक्ष्मी शर्मा लगायतले सहकारीले आर्थिक बिकाशमा खेलेको भुमिकाको बिषयमा प्रकाश पार्नु भएको थियो ।



कार्यक्रममा लेखा समिति संयोजक यमकला भन्डारीले संस्थाको २ करोड ४८ लाख बराबरको आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।यसैबिच संस्थाको तेस्रो अबिधेशनले प्रकाश गौतमको अध्यक्षतामा ७ सदस्यीय सन्चालक समिति सर्ब सहमतीले चयन गरेको छ ।जसको उपाध्यक्षमा लक्ष्मी पान्डे , सचिवमा सुनिता पौडेल , कोषाध्यक्षमा सम्झना खाती रहनु भएको छ । त्यसैगरि सदस्यहरुमा बिष्णु सुनार , यमकला भन्डारी र द्धौपती शर्मा रहनु भएको छ ।त्यसैगरि लेखा समितिको संयोजकमा बिनु भन्डारी ,सदस्यमा गीता शर्मा , उर्मिला कडेल रहनु भएको छ । त्यसैगरि शिक्षा समितिको संयोजकत्वमा लक्ष्मी गजमेर सदस्यमा शोभा अर्याल लगाएत रहनु भएको छ ।


कमेन्ट गर्नुहोस्