
तिलोत्तमा,२०७९ फागुन १३। रुपन्देहीको तिलोत्तमा ०८ दिपनगरमा रहेको एरिना हेल्थ क्लबले आफ्नो १६ औँ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा गरिएको सो कार्यक्रममा २२ प्वाइन्ट रगत सङ्कलन भएको कार्यक्रम संयोजक तारा केसीले जानकारी गराउनु भयो । २०६२ साल देखि ग्रामीण स्वास्थ्य सुधार र युवा सहभागिताको क्षेत्रमा काम गर्दै आइरहेको क्लबले पछिल्लो समय स्थानिय स्तरमा धेरै सामाजिक कार्य गर्दै आइरहेको छ। रक्तदान कार्यक्रमममा रक्तदान गर्ने सबैलाई क्लबको तर्फबाट प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
कमेन्ट गर्नुहोस्