
तिलोत्तमा,२०७९ फागुन २८ । न्यु सृजना कप नकाउट फुटबल प्रतियोगिता २०७९ को चौथो दिन भएको खेलमा माछापुच्छ्रे युवा क्लब भर्सेज फर्साटिकर युवा क्लब बिच भएको खेलमा ०-२ गोल गर्दै फर्साटिकर युवा क्लब बिजयी भएको छ |फर्साटिकर युवा क्लबको तर्फ बाट जर्सी नं १० टिकाराज गुरुङ र जर्सी नं १४ विशाल खड्काले १/१ गोल गरेका थिए ।उक्त खेलमा म्यान अफ द म्याचको उपाधी माछापुच्छ्रे युवा क्लबका खेलाडी आयुस गुरुङ ले प्राप्त गरेका छन उपाधी रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष मुकेश कुवरले हस्तान्तरण गर्नु भएको थियो । भोलि २८ गते लिस्नु युवा क्लब कोटिहवा भर्सेज संजिबनी युवा क्लब बागधुरा देबिनगर बिच प्रतिस्पर्धा हुने खेल संयोजक शेर बहादुर गुरुङले जानकारी गराउनु भएको छ।
यहि चैत्र ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम क्लबका सल्लाहकार धन बहादुर चौधरीले बताए ।
कमेन्ट गर्नुहोस्