लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु सृजना कप फुटबल : ट्राइब्रेकरमा पछि पार्दै सिद्धार्थ क्लबले चुम्यो उपाधि

IMG

तिलोत्तमा,२०७९ चैत्र १०। न्यु सृजना युवा क्लब तिलोत्तमा १३ करौजिया  द्वारा आयोजित पाचौ न्यु सृजना कप को फाइनल खेलमा संजिबनी युवा क्लबलाई ट्राइब्रेकरमा २ गोलले पछि पर्दै बिजयी भएको छ। पाचौ न्यु सृजना कपको उपाधि चुम्दै सिद्धार्थ क्लब चपरहट्टीले संजिबनी युवा क्लब बिरुद्ध ४ गोल गर्यो भने संजिबनी युवा क्लबले खेलमा देखाएको शानदार प्रस्तुतिलाई पेनाल्टीमा उल्टाइदिएको छ।  पाचौ न्यु सृजना कप को फाइनल खेल तथा समापन समारोह क्लबका अध्यक्ष सोबित थापा दर्लामीको अध्यक्षता तथा रुपन्देही क्षेत्र नं ३ ख लुम्बिनी प्रदेश सभासद तथा प्रमुख सचेतक तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको क्लबका अध्यक्ष सोवित दर्लामी मगरले बताए। 


कार्यक्रमको उद्घाटन प्रमुख अतिथी रुपन्देही क्षेत्र नं ३ ख लुम्बिनी प्रदेश सभासद तथा प्रमुख सचेतक चौधरीले बिजयी तथा उपविजेता एबम खेलमा रेफ्रीको भूमिका निर्वाह गर्ने तथा सहयोग गर्ने सबैलाई सम्मान गरेका थिए। प्रमुख अतिथि चौधरीले सिनियर रेफ्री अमर पुनलाइ फुटबल हस्तान्तरण गरि खेलको फाइनल प्रस्तुतिको उद्घाटन गर्नुभएको थियो। 


खेलमा बिजेता टिम लाई नगद रु  एक लाख एघार हजार सहित शिल्ड ,मेडल तथा प्रमाणपत्र र उप - बिजेता टिमलाई पच्पन्न हजार पाँच  सय सहित शिल्ड ,मेडल तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो। प्रतियोगितामा म्यान अफ द म्याच सिद्धार्थ युवा क्लबका गोल किपर दिपेश परियार भएका छन भने उदयीमान खेलाडी संजिबनी युवा क्लबका अनुप बुढाथोकीले नगद रु तीन हजार तथा ट्रफी बितरण गरिएको थियो। खेलमा हाइ स्कोरर मा ४/४ गोल गरेका संजिबनी युवा क्लबका आशिष् राना र देवदह ब्वाइज देवदह नगरपालिकाका खेलाडी बिजय गुरुङले  बराबर गोल गरेका हुनाले दुवै खेलाडीलाई दुई हजार पाँच सय नगद सहित ट्रफी प्रदान गरिएको थियो। त्यसो त खेलमा बेस्ट प्लेयर संजिबनी युवा क्लबका खेलाडी जितेश गुरुङलाई नगद रु पाँच हजार तथा ट्रफी प्रदान गरिएको खेल संयोजक शेर बहादुर गुरुङ र आर्थिक संयोजक धन बहादुर चौधरीले गराउनु भयो। प्रमुख अतिथी माननीय तुलसी चौधरीको हातबाट खेलमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहायोग गर्ने सबैलाई सम्मान सहित मायाको चिनो हस्तान्तरण गरिएको थियो। कार्यक्रममा आमन्त्रित सबैलाई स्वागत मन्तव्य रोशनी थापाले दिनु भएको थियो भने कार्यक्रम संचालन धन बहादुर चौधरीले गर्नु भएको थियो । 


सामाजिक सेवामा अग्रसर न्यु सृजना युवा क्लब तिलोत्तमा १३ करौजियाद्वारा फागुन २४ गते बाट सुरु फुटवल प्रतियोगीतामा १६ टीमको सहभागीता रहेको थियो। सहभागी टिमहरुमा आहना युवाक्लब (बुटवल),फर्साटिकरएकेडेमी ( फर्साटिकर), न्यु सृजना युवा क्लब (करौजिया) ,लिस्नु युवा क्लब (कोटीहवा) , सिद्धार्थ युवा  क्लब (चपहट्टी) , झरना स्पोर्ट्स क्लब (कुन्जालापुर) , सन्जीवनी युवा क्लब (बागधुरा) , ओमसतिया एफ. सी (ओमसतिया)  अमुवा एफ सी (अमुवा), माछापुच्छे युवा क्लब (भैरहवा), सम्पुर्ण (सुपौली) ,देवदह ब्वाइज (देवदह  नगरपालिका), हिमाल युथ क्लब, (माणिग्राम), फर्साटिकर एफ .सी (फर्साटिकर), डि. एम सी. (तुलसीपुर) रहेका थिए। 


कमेन्ट गर्नुहोस्