लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिक्किमको हिमपहिरोमा रुपन्देहीका मुनासंगै २ नेपालीको निधन

tillotmacitynews - 2023 Apr 05 09:32 AM
IMG

तिलोत्तमा सिटी । चैत्र २२ गते । सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अन्य १३ जना घाइते भएका छन् । मङ्गलवार  गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर रुपन्देहीका मुना शाह श्रेष्ठ, चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकालको ज्यान गएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् ।  यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन् । गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ । हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेका थिए ।

कमेन्ट गर्नुहोस्