लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सदस्य सचिव वाग्लेको पद जोगायो उच्च अदालतले

tillotmacitynews - 2023 May 21 07:16 AM
IMG
       तिलोत्तमा सिटी / जेठ ७ । कोसी प्रदेश अन्तर्गतका खेलकुद विकास बोर्डकाका सदस्य सचिव हंशराज वाग्लेको पद थामिन पुगेको छ। कोसी प्रदेश सरकारलाई उच्च अदालतले वाग्लेलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनको पद थमौती भएको हो। 


कोसी सरकारले गत बुधबार वाग्लेलाई बर्खास्त गर्ने निर्णय लिएको थियो। उक्त निर्णयविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा पुगेका थिए। उच्च अदालतका न्यायाधीश कमलकृष्ण अधिकारीको एकल इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।


गत वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोसी प्रदेशको नाम उल्लेख किन नगरेको ? भन्दै सामाजिक विकास मन्त्रालयले पहिलो पटक वैशाख १७ गते  र दोस्रो पटक वैशाख २७ गते गरी दुई दुई पटक स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै गत बुधवार उनलाई बर्खास्त गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो। तर, उच्च अदालतको अन्तरिम आदेशले उनको पद भने तत्कालका लागि रोकिन पुगेको छ।

कमेन्ट गर्नुहोस्