लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमालेलाई जबरजस्त फसाउन खोजिंदैछ:नेता महेश बस्नेत

IMG

तिलोत्तमा जेष्ठ १० गते २०८० ।नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् ।भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै बस्नेतले आपत्ति जनाएका हुन् ।हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्वजनिक हुँदासम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरूलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले त्यसबारेमा प्रतिवाद गरिने जनाएका हुन् ।


उनले सो बयान पछि १६ वटा बुँदा अगाडी राखेका छन् ।

१. मंगलबार एक जना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्रीबीच भेटघाट भएको छ । परी आए आइजीपी फेरेर भए पनि उहाँलाई आईजीपी बनाएर भए पनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने योजना बनेको छ ।


२. गृहमन्त्री सँग समेत भएको भेटमा वर्तमान आइजीपीलाई पनि यही केसमा फसाएर भए पनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओवादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन् ।


३. केशव दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बज्राचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पीए लिला जीसी मार्फत पैसा दिएको जबरजस्त बयान गराइएको थियो ।


४. केशव दुलाल र लिला जीसी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।


५. तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।


६. प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन् तर मन्जु खाँण र आरजु देउवा छानबिनको दायरामा राखिएको छैन ।


७. तिनै केशव दुलाललाई प्रहरीले पुन: सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा , राजेश बज्राचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।


८. उनी र सन्देश शर्मालेनै अडियोमा नाम लिएका आरजु र मंन्जु लाई बचाएर बयान दिएका छन् ।


९. निज केशव दुलालले नै पुलिसको बयानमा कुनै भी आई पी चिन्दिन पिडित भनिएका कसै संग पैसा लिएको छैन , कसैलाई पैसा दिएको छैन म आफू र केही साथी अमेरिका जान खोजेका हौँ भनेका छन् ।


१०. सरकारी वकिलको कार्यालयमा उनले दिएको बयानमा विभिन्न व्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन् ।


११. आफू अमेरिका जान खोजेको कसैसँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भव छ ।


१२. केशव दुलाल काँग्रेसको नेता हुन ।


१३. जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पूर्व मन्त्री खाँण र पूर्व सचिवहरूलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन् ।


१४. देउबाले आफू निकटको व्यक्ति हरुलाई ढुक्क हुनु खाँण फस्दैनन् भनेका छन्


१५. बयानमा खाँण लगायतलाई बचाउने नियत प्रस्ट छ । खाँण मार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले एक कार्यक्रममा भाषण गर्दा यो कुराको सङ्केत गरेका थिए ।


१६. रविको पासपोर्टको विषयमा मुद्दा नचलाउने निर्णय गर्ने महान्यायाधिवक्ता दिनमणि पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ ।


यस्ता षडयन्त्र चिर्न जरुरी छ र प्रतिवाद गरिनेछ । घेराबन्दी तोडिएको हो र तोडिनेछ ।

कमेन्ट गर्नुहोस्