लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाा वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न

IMG

१४ साउन, तिलोत्तमा। गरिमा टोल बिकास संस्था तिलोत्तमा १० बेवराको आयोजनामा संचालित वडा स्तरिय भलिवल प्रतियोगिताको विजेता बर्दघाट १ माकर नवलपरासी भएको छ। विजेता भएसंगै बर्दघाटले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।यस्तै प्रतियोगितामा तिलोत्तमा १० ले दोश्रो स्थान हासिल गरेको छ भने दोश्रो भएसंगै तिलोत्तमा १० ले नगद १५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ। तेश्रो स्थान हासिल गर्न सफल शुद्धोधन ४ मानपकडीले नगद ७ हजार रुपैया सहित मेडल प्राप्त गरेको छ।


प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष रेखा प्रसाद चौधरीले खेलकुदको माध्यमबाट देशलाई अन्तराष्ट्रिय स्तरमा परिचत गराउने खेलाडीहरुको राज्यले उचित सम्मान र संरक्षण गर्न नसकेको बताउनु भयो। प्रतियोगितामा उत्रिएपछि हारजित स्वभाविक चरण भएको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका चौधरीले हारले अर्को प्रतिस्पर्धाका लागि विजयको पर्दा उघारिएको रुपमा ग्रहण गर्नु पर्ने सुझाव दिनु भयो।


२० टिमले सहभागिता जनाएको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा सहभागी खेलाडी, दर्शक तथा शुभेच्छुकहरुलाई तिलोत्तमा १० का वडा सदस्य बालकृष्ण लम्सालले खेलकुदको माध्यमबाट समाज  रुपान्तरण्णका लागि आपसी एकता, समन्वय, सहकार्य गर्ने भावनाको बिकास हुने बताउनु भयो।गरिमा टोल बिकास संस्थाका अध्यक्ष राजेश यादवको अध्ययक्षता, महेश यादवको स्वागत तथा पत्रकार राज चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। प्रतियोगिता यही साउन ११ गते देखि शुरु भएको थियो।



कमेन्ट गर्नुहोस्