लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली महिला क्रिकेट टिमले ४ राष्ट्र सम्मिलित टी-२० सिरिज खेल्ने

IMG

तिलोत्तमा, साउन २७ गते २०८०। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही  अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् ।नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्राे खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ ।वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोविनकफ खेलपछि शीर्ष  दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

कमेन्ट गर्नुहोस्