लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सन्दीप भन्छन् : एसियाड खेल्न मानसिक रुपमा तयार छैन

tillotmacitynews - 2023 Sep 25 05:44 PM
IMG

तिलोत्तमा सिटी, असोज ८ गते । क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् ।सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई चीन पठाउन चाहेको थियो ।तर उनले मानसिक रुपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताएका छन् ।‘मैले बोलाएर कुरा गरेको थिएँ, उसले मानसिक रुपमा तयार छैन भन्ने जानकारी गराएको छ’ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले भने । उनका अनुसार सन्दीपको जवाफपछि सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ । क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।

कमेन्ट गर्नुहोस्