लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अफगानिस्तानमा भूकम्प, १०० भन्दा धेरैको मृत्यु

tillotmacitynews - 2023 Oct 08 11:32 AM
IMG

 तिलोत्तमा,असोज २१  गते। अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर-पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् । कतिपय मिडियाहरुले भूकम्पमा परी ३०० भन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक गरिरहेका छन् । तर त्यसको पुष्टि हुन सकेको छैन । अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले १०० जनाको मृत्यु भएको पुष्टि गरेको अलजजिराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्