
कार्तिक ९, २०८० तिलोत्तमा सिटी । दक्षिणी गाजाको खान युनिसमा इजरायली हवाई आक्रमणमा परी १७ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । पछिल्ला २४ घण्टामा इजरायलले २५० स्थानलाई लक्षित गरी हवाई हमला गरेको बताइएको छ ।प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार इजरायली हमलामा हालसम्म ६ हजार ५ सय ४६ को मृत्यु भएको छ भने १७ हजारभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् । मृतकको संख्या तीव्र रुपमा बढिरहँदा शव राख्नका लागि अस्पतालका शवगृहरुमा ठाउँ अभाव भएको बताइएको छ ।
यसैबीच, इजरायली सुरक्षा बलले गएराति उत्तरी गाजामा ट्यांक र डोजर पठाइस्थल आक्रमणका लागि तयारीसँगै हमास लडाकुको क्षमता परीक्षण गरेको बताएको छ । अन्तर्राष्ट्रिय विश्लेषकहरुले यसलाई इजरायलको अर्को चरणको लडाइँको तयारीको रुपमा लिएका छन् ।इजरायली सेनाले हमासले बन्दी बनाएकाको संख्या २ सय २४ रहेको जनाएको छ । अहिलेसम्म हमासले दुई अमेरिकी र २ इजरायली गरी ४ जनालाई मुक्त गरेको छ ।
कमेन्ट गर्नुहोस्