लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ र बर्षिम घाँस बितरण

tillotmacitynews - 2023 Nov 08 02:16 PM
IMG

तिलोत्तमा सिटी, २२ कात्तिक २०८० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बिउ वितरण गरेको छ।नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको हो। नगरपालिकाले वडा नम्बर-४ को वडा कार्यालयबाट  शुरु गरि वडा नम्बर १७ सम्मका सबै किसानलाई अनुदानको बिउ अनुदानमा बिऊ व्यवस्था मिलाइएको तिलोत्तमा नगरपालिका वार्ड नं ४ कि कार्यबाहक वडा अध्यक्ष रम्भादेवि घिमिरेले बताउनुभयो। नगरपालिकाले कृषि शाखाको संयोजनमा बुधबार वार्ड नं ४ मा आयोजित कार्यक्रममा किसानलाई उपस्थित गराई कार्यबाहक वडा अध्यक्ष रम्भादेवि घिमिरे , कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ वडाअध्यक्ष गणेश पाठक, वडा सदस्यहरु मित्रलाल न्यौपाने, गोबिन्द श्रेष्ठ, कृषि अधिकृत राम प्रसाद खनाल लगायतको उपस्थितिमा किसानको माग अनुसारका प्याकिङ्ग बोरा बिउ उपलब्ध गराएर कार्यक्रमको सुरू गरिएको हो। 


गहुँको बिउ वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वार्ड नं ६ का वडा अध्यक्ष गणेश पाठकले किसानका समस्या समधानका लागि आफुले सक्दो प्रयास गर्ने र उत्पादनलाई व्यवसायिक बनाउन र जमिन बाँझो नरहने गरि कृषिका विभिन्न उत्पादनलाई अगाडी बढाउन सबै किसानले उर्जाशील भएर कार्य गर्नुपर्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले किसानको मागलाई ध्यानमा राखी उनीहरुले सिफारिस गरिएको उन्नत जातको सुधारिएको गहुँको बीउमा किसानलाई अनुदान दिएको हो। सो कार्यक्रम मा बोल्दै  वडा नं ६ का कार्यबाहक अध्यक्ष रम्भा देवी घिमिरेले किसानको हरेक समस्यासंग आफु परिचित भएकाले समस्या समाधानका लागि सबै मिलेर सुझाव संकलन गरि अघि बढ्ने बताउनुभयो। उहाँले तिलोत्तमालाई गहुँ र घासको बिउ मात्र नभएर कृषि उत्पादनमा आत्मनिर्भर गराउन सबैको पहल आवश्यक रहेको बताउनुभयो। 


आज शुरुवात गरिएको अनुदानको बिऊ तथा बर्शिम घास वडा नम्बर ४ हुदै क्रमश सबै वडामा बितरण गरिने कृषि शाखा राम प्रसाद खनालले बताउनुभयो। 






कमेन्ट गर्नुहोस्