लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फुटबलर ड्रोग्बा भूकम्पपीडितको सहयोगका लागि नेपाल आउने

tillotmacitynews - 2023 Nov 09 03:49 PM
IMG

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०। आइभोरी कोस्टका फुटबलर खेलाडी डिडियर ड्रोग्बा भूकम्प पीडितको सहयोगका लागि नेपाल आउने भएका छन् । नेपाल सुपर लिग (एनएसएल) को लागि नेपाल आउन लागेका उनको फाउन्डेसनले २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको हो । डिडियर ड्रोग्बा फाउन्डेसन र नेपाल सुपर लिगको सहकार्यमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको एनएसएलले फेसबुक पेजबाट जानकारी दिएको हो ।


‘भूकम्प प्रभावित क्षेत्रको सहयोगको लागि म ऐक्यवद्धता जनाउँछु । भूकम्पबाट ज्यान गुमाएका र घाइते भएकाहरु प्रति मेरो सहानुभूति छ । म एनएसएलसँगको सहकार्यमा नेपाल आउने छु । यो विपदको समयमा हामी सबैले एकअर्कालाई सहयोग गर्नुपर्छ’, उनले एक भिडियो सन्देशमा भनेका छन् ।

कमेन्ट गर्नुहोस्