लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तोरी फुलेर पहेँलपुर पाल्पा

tillotmacitynews - 2023 Nov 12 02:11 PM
IMG

तिलोत्तमा सिटी, २६ कात्तिक २०८० गते । पाल्पाका विभिन्न स्थानमा लगाइएको तोरी फुलेर पहेँलपुर भएका छन् । जिल्लाको विभिन्न स्थानका किसानले लगाएका तोरी यतिबेला फुलेर बारी पहेँलपुर बनेका हुन् । 


जिल्लाको रामपुर, बगनासकाली, माडी, तानसेन, रिव्दीकोटका विभिन्न स्थानमा यतिबेला तोरी फुलेको किसानले बताएका छन् । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको तोरी फुलेपछि माहुरी चराउने किसान फुलेका तोरी नजिक धाउन थालेका छन् । 

कमेन्ट गर्नुहोस्