लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वडाध्यक्षले गरे लोकसेवा परीक्षामा अमिन पास

tillotmacitynews - 2023 Nov 19 05:52 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,३  गते । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकाल्नुभएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभएका रोकायको अमिनमा नाम निस्केको हो । 


सामाजिक सञ्जालमा सुदूरपश्चिम लोकसेवा आयोगमा नाम निस्केको भनिइए पनि वडाध्यक्ष रोकायको पालिकामा नाम निस्केको बताइएको छ । ‘मेरो नाम गण्डकी प्रदेशको कुनै एक पालिकामा निस्केको हो ।’ सात वर्ष वीनपा १४ स्थित सानो किसान सहकारी संस्थाको व्यवस्थापक एवं तीन वर्ष कन्सल्टेन्सीमा काम गरेका वडाध्यक्ष रोकाया भन्नुहुन्छ, ‘नाम निस्केको भनेर धेरैले बधाई पनि दिइरहेका छन् । तर म अब जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खट्छु, म पदमा रहुन्जेलसम्म जनतालाई धोका दिदैंन ।’

कमेन्ट गर्नुहोस्