लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आन्दोलन स्थगित

tillotmacitynews - 2023 Dec 22 11:38 AM
IMG

तिलोत्तमा सिटी,२०८० पुष ६ गते। रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै दुई सातादेखिको आन्दोलन स्थगित भएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा मङ्सिर २२ गतेदेखि आन्दोलन भएको थियो । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकार उदासीन रहेको भन्दै सरकारलाई दबाब सिर्जना गर्न आन्दोलन गरिएको हो ।  


सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले काठमाडौँ भएको छलफलमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटोभन्दा छिटो नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सरोकारवाला निकायबाट प्रतिबद्धता आएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएको बताए ।

कमेन्ट गर्नुहोस्