लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गोदाममै थन्कियो रासायनिक मल

tillotmacitynews - 2024 Jan 20 07:56 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ६ गते । किसानले पर्याप्त मल नपाइरहेको समयमा कृषि सामाग्री कम्पनी लिमिटेड परासीमा भने आएको मल समेत गोदाममा थन्किएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले सहकारी मार्फत वितरण गर्ने मल जिल्लाका केही सहकारीले खरिद नगर्दा ७१ टन मल गोदाममै थन्किएको छ । तोरी, गहुँ र उखु लगायत हिउँदे बालीका लागि किसानलाई अहिले रासायानिक मलको आवश्यकता छ । जिल्लाका ९ सहकारीले मल नलगेको कृषि सामाग्री कम्पनी लिमिटेड परासीका प्रमुख नरहरि पोखरेलले बताए।


पटक-पटक पत्राचार गर्दा पनि लैजान नमानेकाले सहकारीको कोटामा परेको मल गोदाममा थन्किएको पोखरेलले बताए । जिल्लाका ७ वटै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका सहकारीको नाम र परिमाणसहित मल उपलब्ध गराउन पत्रचार गरेका थिए। २४ टन युरिया र ४७ टन डीएपी मल गोदाममा थन्किएको छ । सहकारीले भने मल खरिद र वितरणमा जनशक्ति तथा पर्याप्त मल नहुँदा वितरणमा समस्या भएको र खरिद नगरिएको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्