
तिलोत्तमा,१० माघ २०८०। तिलोत्तमा नगरपालिकामा जारी पाचौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ। चौथो पटकपनि बिजेता बनेको कुँवरवर्ति मावि तिलोत्तमा-८ ले १२ स्वर्ण पदक सहित प्रथम भएको छ भने , ११ स्वर्ण पदक सहित जनज्योती मावि डिङ्गरनगर दोस्रो र ८ स्वर्ण पदक सहित शान्ति नमुना मावि मणिग्राम तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
सोमबारबाट सुरु भएको प्रतियोगितामा तिलोत्तमा–४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा सञ्चालन भै सम्पन्न प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएका थिए भने प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई नगद रु ३० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री, वडा नम्बर ११ का वडा अध्यक्ष बिष्णु बराल क्षेत्री,कार्यपालिका सदस्य रवी सेन्चुरी,वडा सदस्य गोबिन्द श्रेष्ठ, मिलन राना, मित्रलाल न्यौपाने, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य लगायत उपस्थित अतिथिहरुले सम्मान गर्नुभएको थियो। प्रतियोगितामा १४ सय विद्यार्थीको सहभागिता रहेको थियो । समापान कार्यक्रमको संचालन कुवंरवर्ती माविका प्रधानाध्यापक दिपक खनालले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्